मन्त्रिपरिषद्ले मध्यपूर्वको युद्धका कारण हवाई सेवा अवरुद्ध भई ट्रान्जिटमा अलपत्र परेका नेपालीहरूको सुरक्षा र व्यवस्थापनका लागि दूतावासहरूमार्फत आवश्यक समन्वय एवं बसोबासको प्रबन्ध मिलाउने निर्णय गरेको छ।
काठमाडौँ– मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा मध्यपूर्वमा जारी तनाव र त्यसले नेपाली नागरिकमा पारेको प्रभावबारे छलफल भएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परराष्ट्रमन्त्री बालानन्द शर्माले युद्धका कारण नेपाल र नेपाली नागरिकमा परेको प्रभाव तथा सरकारले चाल्नुपर्ने कदमबारे विभिन्न निर्णय भएको जानकारी दिए।
अमेरिका र इजरायलले शनिबार इरानमाथि गरेको कारबाहीपछि इरानले इजरायल र अरब मुलुकमा रहेका अमेरिकी सैन्य लक्ष्यमा जवाफी आक्रमण गर्दा त्यस क्षेत्र तनावग्रस्त छ। साथै हवाई सेवा प्रभावित हुँदा खाडी मुलुकमा कामदारका रूपमा जाने तथा स्वदेश फर्कन चाहने नेपालीहरू समस्यामा परेका छन्। यसैलाई मध्यनजर गर्दै आजको मन्त्रिपरिषद् बैठकमा विशेष छलफल भएको हो।
मन्त्री शर्माका अनुसार बैठकमा विशेष गरी वैदेशिक रोजगारीका लागि मध्यपूर्व जाने नेपाली कामदारको अवस्थाबारे छलफल गरिएको थियो।
उनले नेपालबाट बाहिरिने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्या समाधान भइसकेको बताए। श्रम, पर्यटन तथा परराष्ट्र मन्त्रालयबीच समन्वय गरी समस्या समाधान गरिएको र आवश्यक ‘ट्राभल एड्भाइजरी’समेत प्रकाशन भइसकेको उनको भनाइ छ।
“नेपालबाट बाहिर जाने वैदेशिक कामदारहरूलाई सर्वप्रथम नेपालकै अन्तर्राष्ट्रिय विमानस्थलमा परेका समस्या समाधान भइसकेका छन्। श्रम, पर्यटन र परराष्ट्र मन्त्रालयले सहकार्य गरेर यहाँको समस्या समाधान गरिसकेका छन् र ट्राभल एड्भाइजरीहरू प्रकाशन भइसकेका छन्,” उनले भने, “त्यसपछिको दोस्रो समस्या भनेको सम्बन्धित मुलुकमा पुगेर ट्रान्जिटमा परेका नेपाली कामदार र यात्रुहरूलाई भएको असुविधाबारे पनि छलफल भयो।”
त्यस्तै, सम्बन्धित मुलुकमा पुगेर ट्रान्जिटमा अलपत्र परेका नेपाली कामदार तथा यात्रुको अवस्थाबारे पनि बैठकमा चर्चा भएको मन्त्री शर्माले बताए। उनका अनुसार विभिन्न देशस्थित नेपाली दूतावासलाई समन्वय गरी सम्बन्धित व्यक्तिसँग सम्पर्कमा रहने, गन्तव्यसम्म पुर्याउने वा जान नसक्नेलाई होटलमा सुरक्षित बसोबासको व्यवस्था मिलाउने निर्णय गरिएको छ। सम्बन्धित रोजगारदाता कम्पनी तथा विमान कम्पनीसँग पनि आवश्यक समन्वय गरिएको उनले जानकारी दिए।
सरकारले विदेशमा रहेका नेपालीको स्वास्थ्य र सुरक्षाको अवस्थाबारे नियमित जानकारी लिइरहेको मन्त्री शर्माले बताए। हाल प्रभावित क्षेत्रका विमानस्थल बन्द रहेकाले यात्रुलाई तत्काल फिर्ता ल्याउन वा गन्तव्यतर्फ पठाउन नसकिने अवस्था रहेको उनले स्पष्ट पारे। “अहिले सबै विमानस्थल बन्द भएको हुनाले कसैलाई फर्काउन पनि सकिँदैन, अगाडि लैजान पनि सकिँदैन। अहिले जो जहाँ छ, त्यहीँ नै सुरक्षित राख्ने प्रबन्ध मात्र भएको छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
