प्रतिनिधिसभा निर्वाचनको मतदान गर्ने दिन नजिकिएसँगै पछिल्लो दुई दिनभित्र करिब ८० हजार यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौँ– प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातर्फ मतदाता जाने क्रम जारी छ।
निजी क्षेत्रको यातायात सेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संसाधन प्रमुख पंकज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसमार्फत दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएको जानकारी दिए। निर्वाचन नजिकिँदै जाँदा घर फर्किनेहरूको चाप अझै बढ्न सक्ने प्रहरीको भनाइ छ।
काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ।
दश वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष र अन्य सात गरी कुल सात लाख १० हजार ७०८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौँकी सूचना अधिकारी सृजना रायमाझीले जानकारी दिइन्।
काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा २२ मतदान स्थल र ५७ मतदान केन्द्र छन्। यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन्।
काठमाडौँ क्षेत्र नं २ मा ४० मतदान स्थल र १०० मतदान केन्द्र छन्। यस क्षेत्रमा ४५ हजार ३१५ पुरुष र ४३ हजार ३९३ महिला गरी कुल ८८ हजार ७०८ मतदाता रहेको उनले बताइन्।
काठमाडौँ क्षेत्र नं ३ मा २९ मतदान स्थल र ७२ मतदान केन्द्र छन्। यस क्षेत्रमा ३२ हजार ९२३ महिला र ३१ हजार ५५६ पुरुष गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन्।
काठमाडौँ क्षेत्र नं ४ मा ३३ मतदान स्थल र ८८ मतदान केन्द्र छन्। यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन्। काठमाडौँ क्षेत्र नं ५ मा ३१ मतदान स्थल र ९० मतदान केन्द्र छन्। यहाँ ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल ७८ हजार ११४ मतदाता रहेका छन्।
काठमाडौँ क्षेत्र नं ६ मा ३२ मतदान स्थल र ७९ मतदान केन्द्र छन्। यहाँ ३४ हजार ९५६ महिला, ३२ हजार ८०२ पुरुष र अन्य एक गरी कुल ६७ हजार ७५९ मतदाता छन्।
काठमाडौँ क्षेत्र नं ७ मा २९ मतदान स्थल र ७८ मतदान केन्द्र छन्। यहाँ ३४ हजार ७३८ महिला र ३२ हजार ६७३ पुरुष गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन्।
काठमाडौँ क्षेत्र नं ८ मा २३ मतदान स्थल र ६५ मतदान केन्द्र छन्। यहाँ २९ हजार ८९८ महिला र २७ हजार ९१३ पुरुष गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन्।
काठमाडौँ क्षेत्र नं ९ मा ३४ मतदान स्थल र ९० मतदान केन्द्र छन्। यहाँ ४० हजार २७८ महिला र ३८ हजार २१७ पुरुष गरी कुल ७८ हजार ४९५ मतदाता छन्।
काठमाडौँ क्षेत्र नं १० मा ४७ मतदान स्थल र ९८ मतदान केन्द्र रहेका छन्। यहाँ ४२ हजार ७१६ महिला, ४० हजार ५८३ पुरुष र अन्य दुई गरी कुल ८३ हजार ३०१ मतदाता छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
