नेपालले मध्यपूर्वको सुरक्षा परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित पक्षहरूलाई कूटनीति र संवादमार्फत समाधान खोज्न आग्रह गरेको छ।
काठमाडौँ– नेपालले मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई कूटनीति र संवादका माध्यमबाट मतभेद समाधान गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै त्यहाँका घटनाक्रमहरूलाई नेपालले नजिकबाट नियालिरहेको जनाएको छ।
नेपालले यस क्षेत्रमा बढ्दो तनाव कम गर्न र शान्ति कायम गर्नका लागि सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गरेको छ। “नेपाल सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन, तनावलाई अझ बढाउनबाट जोगिन र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दछ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपालले अन्तर्राष्ट्रिय नियम र कानूनको पालनामै विश्व शान्ति सम्भव रहेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघको बडापत्रको स्मरणसमेत गराएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपाल संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनअनुरूप सबै राज्यहरूको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गरिनुपर्छ भन्ने कुरामा जोड दिन्छ।”
नेपालको धारणा अनुसार नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र अन्तर्राष्ट्रिय शान्ति एवं सुरक्षा कायम राख्नु सबैको साझा जिम्मेवारी हो। इजरायल र अमेरिकाले इरानमाथि गरेको कारबाहीपछि इरानको जवाफी आक्रमणका कारण मध्यपूर्वमा देखिएको द्वन्द्वले विश्वव्यापी सुरक्षा र अर्थतन्त्रमा समेत असर पार्न सक्ने आकलन भइरहँदा नेपालले शान्तिपूर्ण समाधानका लागि आफ्नो धारणा सार्वजनिक गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
