भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेकाले अनुगमन र सुरक्षाका लागि योजनाबद्ध कार्य अगाडि बढाइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए।
जनकपुरधाम– प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन तथा निष्पक्ष र शान्तिपूर्ण वातावरण कायम गर्न योजनाबद्ध रूपमा तयारी भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।
प्रदेशसँग जोडिएका नेपाल–भारत सीमा क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ। विभिन्न स्थानमा चेक प्वाइन्ट खडा गरी विशेष निगरानी भइरहेको छ। आठवटै जिल्लाका मतदान केन्द्रहरूको सुरक्षा सन्दर्भमा अनुगमन तथा निरीक्षण भइसकेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार मधेश प्रदेशका कुल दुई हजार १६० मतदान स्थलमध्ये एक हजार २४६ वटा अतिसंवेदनशील अवस्थामा छन्। भारतीय सीमासँग जोडिएका अधिकांश मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेकाले त्यसको अनुगमन र सुरक्षाका लागि योजनाबद्ध कार्य अगाडि बढाइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले बताए। प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार नै यो वर्गीकरण गरिएको उनले भने।
मधेश प्रदेशमा प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमध्ये एक हजार २४६ मतदान स्थल अतिसंवेदनशील, ७५५ संवेदनशील र १५९ मतदान स्थल सामान्य अवस्थामा रहेको बताइएको छ।
सप्तरीका २९६ मतदान स्थलमध्ये २०९ वटा अतिसंवेदनशील सूचीमा छन्। त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।
मधेश प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र रहेका छन्। निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन्, जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ र महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
