दुर्गा प्रसाईं फेरि पक्राउ

प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो। उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर अभिव्यक्ति दिएका थिए।

फाइल तस्वीर

काठमाडौँ– राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक तथा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले प्रसाईंलाई आइतबार बिहान उनको आफ्नै निवासबाट पक्राउ गरेको हो। प्रसाईंलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ।

प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियो। उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर अभिव्यक्ति दिएका थिए। यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको बताइएको छ।

यसअघि पनि प्रसाईं पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन्।