वीरगन्ज क्षेत्रमा आइतबार दुई समुदायबीच झडप भएको थियो र त्यसले ठूलो रूप नलगोस् भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो।
काठमाडाैँ– पर्साको वीरगन्ज महानगर क्षेत्रमा जिल्ला प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगन्ज महानगर क्षेत्रका चार किल्ला तोकी सोमबार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्। पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यूको सीमा तोकिएको छ।
वीरगन्ज क्षेत्रमा आइतबार दुई समुदायबीच झडप भएको थियो र त्यसले ठूलो रूप नलगोस् भन्दै प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। यस अवधिमा कसले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक नगर्न प्रशासनले अनुरोध गरेको छ।
एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारीसाधन, सञ्चारकर्मीहरू, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परीक्षार्थी एवं कर्मचारी, पर्यटक सवारीसाधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारीसाधन र हवाई टिकटका आधारमा यात्रुहरूको आवागमनका लागि सुरक्षाकर्मीले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
