काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित एक घरभित्र छिरेको चितुवाले दुई जनालाई आक्रमण गरेको थियो।
काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित एक घरभित्र छिरेको चितुवाको उद्धार गरिएको छ। काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ (बेहोस बनाउने औषधि प्रयोग) गरेर चितुवालाई नियन्त्रणमा लिएको हो।
आइतबार अपराह्न मनमैजु मन्दिर नजिकैको घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार स्थानीय अनोजमणि अधिकारीको घरभित्र पसेको चितुवाले स्थानीय दुलाल महर्जन र मायानाथ वाग्लेलाई आक्रमण गरेको थियो। घाइते दुवै जनालाई उपचारका लागि अस्पताल पठाइएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
