हेटौँडा–१९ सान्नानटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार अर्का एक जना घाइते भएका छन्।
बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ सान्नानटारमा मंगलबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको लु ३४ प ४६७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको बाप्र ०३–००१ ख ११७९ नम्बरको टिपरले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक रूपन्देहीका २८ वर्षीय जगदीश थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। गम्भीर घाइते थारूलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार दाङको राप्ती गाउँपालिका–६ निवासी २२ वर्षीय आदित्य चौधरी घाइते भएका छन्। उनको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ठक्कर दिने टिपर र चालक हेटौँडा–१५ निवासी २६ वर्षीय रोहित तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
