उच्च पहाडी र हिमाली भूभागमा दिउँसो पनि आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ। उच्च पहाडी र हिमाली भूभागमा दिउँसो पनि आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
त्यसैगरी, राति तराई भागका केही स्थानमा तुवाँलो लाग्नेछ। कर्णाली, सुदूरपश्चिम र गण्डकीका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ।
गण्डकीका उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातसमेत हुने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
