यस्तो रहनेछ बिहीबारको मौसम

कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ। 

तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेशको पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ। बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ।  

तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ।  कोशी प्रदेशको उच्च पहाडी र हिमाली भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, राति तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बादल लाग्नेछ। बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ।