कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात र वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ।

काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ।

बाँकी हिमाली भू–भागमा आंशिक बादल लागी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षा भइरहेको छ।

तराई भू–भागका केही स्थानहरूमा मध्यान्नसम्म हुस्सु/कुहिरो रहनेछ। देशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।