आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेको सङ्ख्या आजसम्म देशभरबाट तीन हजार ४०६ जना छन्।
काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनेको सङ्ख्या आजसम्म देशभरबाट तीन हजार ४०६ जना छन्।
निर्वाचन आयोगको तथ्यांकअनुसार दर्ता भएका उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन्। उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना, ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ जना र ६१ वर्षभन्दा माथिका ४२५ जना रहेका छन्।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार दिउँसो आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।
उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्मका निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबी–विरोधका लागि समय दिइएको छ।
समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेश गरेका थिए। माघ १० गते दाबी–विरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
