म्याग्दीमा एक जनाले उम्मेदवारी फिर्ता लिएसँगै डा. महावीर पुनसहित १२ जना चुनावी मैदानमा कायम छन् भने स्वतन्त्र उम्मेदवार पुनले ‘त्रिभुज’ चुनाव चिह्न रोजेका छन्।
म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका नवीन जिसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार बिहान १०:०० देखि दिउँसो १:०० बजेसम्मका लागि तोकिएको समयभित्र जिसीले मात्र उम्मेदवारी फिर्ता लिएका हुन्।
कुल १३ जनाको मनोनयन दर्ता भएकामा अब एक जना स्वतन्त्र र ११ जना राजनीतिक दलका उम्मेदवारहरूको उम्मेदवारी कायम रहेको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताए।
उनका अनुसार चुनावी मैदानमा नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी (केबी), नेकपा (एमाले) का हरिकृष्ण श्रेष्ठ, नेकपाका अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज रोका र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डम्मरबहादुर सुवेदीको उम्मेदवारी कायम छ।
त्यस्तै, नेकपा (माओवादी) का क्षेत्रबहादुर घिमिरे (ध्रुव), प्रगतिशील लोकतान्त्रिक पार्टीका देवेन्द्र कामी, श्रम संस्कृति पार्टीका विनोद राना, राष्ट्रिय जनमोर्चाका छेमबहादुर विश्वकर्मा, मंगोल नेसनल अर्गनाइजेसनका भीमबहादुर लामा र नेसनल रिपब्लिकन नेपालका तुलप्रसाद गर्बुजाको उम्मेदवारी पनि यथावत् छ।
यसैबीच, अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएका डा. महावीर पुन म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका छन्। पुनले ‘त्रिभुज’ चुनावचिह्न रोजेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता छन्। जिल्लामा ८२ वटा मतदान स्थल र १२० वटा मतदान केन्द्र कायम गरिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
