निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये देशभरबाट ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएको छ।
काठमाडौँ– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये देशभरबाट ४९ जनाले आफ्नो नाम फिर्ता लिएका छन्। शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर तीन हजार ४८७ जनाले मनोनयन दर्ता गराएकोमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।
“निर्धारित अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३ हजार ४८७ मनोनयन पत्र दर्ता भएका थिए। दर्ता भएका उम्मेदवारमध्ये महिला ३९६, पुरुष ३ हजार ९० र अन्य १ जना रहेका छन्,” पत्रकार सम्मेलनमा उनले भने, “आज निर्धारित समयभित्र ४९ जना उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका हुन्।”
प्रवक्ता भट्टराईले आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए। त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारहरूको नामावली प्रकाशन, दाबी विरोध संकलन तथा मतपत्र र मतदाता नामावली छपाइ लगायतका कार्यहरू भइरहेको उनले बताए।
“माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा भएको छ भने फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत माघ १ देखि ९ गतेसम्म प्रत्यक्षतर्फको मनोनयन दर्ता, दाबी विरोध र छानबिन तथा उम्मेदवारी फिर्तालगायतका कार्यहरू सम्पन्न भएका छन्। बाँकी प्राविधिक कार्यहरू पनि सुचारु छन्,” उनले भने।
आयोगका अनुसार अब प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
