गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ।
काठमाडौँ– देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले विभिन्न भूभागमा मौसममा बदली हुने पूर्वानुमान गरेको छ।
दिउँसो कर्णाली र सुदूरपश्चिममा साधारणतया बदली रहनेछ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने छ।
सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको पनि सम्भावना छ।
त्यसैगरी, राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।
गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम हिमपात हुने सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
