राष्ट्रिय बालअधिकार परिषद्ले १८ वर्षमुनिका बालबालिकालाई निर्वाचनका कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन राजनीतिक दल र उम्मेदवारहरूको ध्यानाकर्षण गराएको छ।
काठमाडौँ– राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग नगर्न र नगराउन सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
परिषद्ले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको अवधिभर बालबालिकाको प्रयोग हुन नहुने वातावरण सुनिश्चित गर्न आग्रह गरेको हो। निर्वाचन हुनुअघिको प्रचारप्रसार, निर्वाचनको दिन र निर्वाचनपछिका कार्यक्रम वा विजयी जुलुसहरूमा बालबालिकालाई सहभागी नगराउन परिषद्ले विशेष अनुरोध गरेको छ।
बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान र परिपूर्ति सुनिश्चित गर्न राजनीतिक दल, तिनका भ्रातृ संगठन तथा उम्मेदवारहरूले निर्वाचनका क्रममा हुने प्रचारप्रसार, जुलुस र विजयोत्सवलगायतका कार्यमा बालबालिकाको प्रयोग गर्न नहुनेमा परिषद्ले जोड दिएको छ।
परिषद्ले विद्यमान बालबालिका र निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०८२ मा भएको व्यवस्थाबारे पनि स्मरण गराएको छ। १८ वर्ष उमेर पूरा नगरेका बालबालिकालाई कुनै पनि राजनीतिक दल वा उम्मेदवारले चुनावसम्बन्धी प्रचारप्रसार, स्वागत, सम्मान, आमसभा, कोणसभा, जुलुस, अभियान वा बैठकमा सहभागी गराउन र त्यस्ता दल वा संगठनमा आबद्ध गराउन निषेध गरिएको विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
