निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज भएको जनाएको छ।
काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरूमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नं १ बाट उम्मेदवारी दिएका रेशम चौधरीको मनोनयन खारेज भएको छ। निर्वाचन आयोगका अनुसार अन्य चार जिल्लाका उम्मेदवारविरुद्ध परेका उजुरीमा भने दाबी नपुगेको पाइएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले सुनसरी निर्वाचन क्षेत्र नं २ का एक, रौतहट क्षेत्र नं १ का एक र भक्तपुर निर्वाचन क्षेत्र नं २ का दुई जना उम्मेदवारविरुद्ध परेका उजुरीमा दाबी नपुगेको जानकारी दिए। रौतहटको उजुरी बुधबार नै दरपीठ भई उम्मेदवारी कायम रहिसकेको छ।
उम्मेदवारहरूमाथि बुधबार दिउँसो ३ बजेदेखि शुरू भएको जाँचबुझ प्रक्रिया बिहीबार बेलुका ५ बजे सम्पन्न भएको छ। जाँचबुझ सकिएसँगै आयोगले अब उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ। निर्वाचन कार्यतालिकाअनुसार आजै बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।
माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने समय तोकिएको छ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र अपराह्न ४ देखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ। शुक्रबार ७७ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ वटा निर्वाचन अधिकृतको कार्यालयमा यी तीनवटै कार्यक्रमहरू सम्पन्न हुनेछन्।
देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्राप्त जानकारी अनुसार प्रतिनिधिसभा सदस्यका लागि कुल ३ हजार ४८६ जनाको उम्मेदवारी कायम भएको छ। जसमा पुरुष ३ हजार ०८८, महिला ३९६ र तेस्रो लिंगी एक जना रहेका छन्। देशभरका कुल उम्मेदवारमध्ये चार जिल्लाका पाँच जनामाथि मात्र उजुरी परेको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
