‘पेसएक्स स्पोर्ट्स’को औपचारिक घोषणा

युवा पुस्तामा लगानी गर्दै सक्षम खेलाडी उत्पादनका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउने संस्थाले जनाएको छ।

काठमाडौँ– नेपाली खेलकुदको दिगो विकासमा योगदान गर्ने उद्देश्यसहित स्थापना हुन लागेको संस्था ‘पेसएक्स स्पोर्ट्स’को औपचारिक घोषणा गरिएको छ। 

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संस्थाका अध्यक्ष संगीता कर्णले उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रबारे जानकारी दिएकी थिइन्। पेसएक्स खेलाडी, विद्यालय, समुदाय, निजी क्षेत्र र खेलकुदसँग सम्बन्धित निकायहरूलाई जोड्ने साझा मञ्चका रूपमा अघि बढ्ने कर्णले बताइन्। 

संस्थाका प्रमुख कार्यकारी अधिकृत सौरव सिंहले संस्थाले विद्यालय तथा समुदाय स्तरमै खेल प्रतिभा पहिचान, खेलाडीको शारीरिक, मानसिक र नैतिक विकास, विद्यालय–कलेज खेलकुद कार्यक्रम, कार्यस्थल आधारित खेलकुद तथा स्वास्थ्य कार्यक्रम र प्रतियोगिता तथा सामुदायिक संलग्नतालाई प्राथमिकता दिने बताए।

संस्थाले युवा पुस्तामा लगानी गर्दै सक्षम खेलाडी उत्पादनका साथै स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउने जनाएको छ।