यस्तो रहनेछ बिहीबारको मौसम

राति तराईका केही स्थानमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भू‍भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो लागेको छ। कोशीको पहाडी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो तराईका केही स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशीका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी स्थानको मौसम सफा रहनेछ। 

यसैगरी, राति तराईका केही स्थानमा हुस्सु रहनेछ। पहाडी तथा हिमाली भू‍भागमा भने मौसम मुख्यतया सफा रहनेछ।