कांग्रेस विशेष महाधिवेशन: मञ्चबाट ६२ प्रतिशतको घोषणा गरिए पनि ५६ प्रतिशत प्रतिनिधिले मात्र गरे नाम दर्ता
दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट जारी विवरणअनुसार ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो दिन २ हजार ६६२ जनाले हस्ताक्षर गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको पहिलो दिन ५६ प्रतिशतभन्दा बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।
दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट युवराज पाण्डेयले सार्वजनिक गरेको विवरणअनुसार कुल ४ हजार ७४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो दिन साँझसम्म २ हजार ६६२ जनाले हस्ताक्षर गरेका छन्। यो संख्याको करिब ५६.१२ प्रतिशत हो।
यसअघि उद्घाटन सत्रको मञ्चबाट ६२.४ प्रतिशत दर्ता भएको जानकारी दिइए पनि पछि सचिवालयले २ हजार ६६२ को अन्तिम तथ्यांक सार्वजनिक गरेको हो। मञ्चबाट दाबी गरिएको थियो, “६२.४ प्रतिशतले दस्तखत गरिसकेको जानकारी भएको छ। ६२ प्रतिशतलाई सम्मान गर्न म हार्दिक अनुरोध गर्न चाहन्छु।”
सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार मधेश प्रदेशका ४४६, बागमतीका ४३२, कोशीका ४२५, लुम्बिनीका ३९८, गण्डकीका २९६, भ्रातृ, शुभेच्छुक र जनसम्पर्कका १९५, काठमाडौँ उपत्यकाका १७८, सुदूरपश्चिमका १५८, कर्णालीका १३४ प्रतिनिधिले उपस्थिति जनाउँदै हस्ताक्षर गरेका हुन्।
आइतबार दर्ता हुन बाँकी रहेका प्रतिनिधिहरूका लागि सोमबार बिहान ८:०० बजेदेखि पुनः दर्ता प्रक्रिया शुरू गरिने सचिवालयले जनाएको छ। सोमबारको बन्दसत्रमा महामन्त्री गगनकुमार थापाले राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय विभागकी संयोजक प्रतिमा गौतमका अनुसार बन्दसत्रमा विभिन्न नौ समूह बनाएर छलफल गरिनेछ। प्रस्तुत कार्यविधिमाथि व्यापक विमर्श गरी निष्कर्ष निकालिने उनले जानकारी दिइन्।
गौतमले जेनजी आन्दोलनपछिको विकसित राजनीतिक परिस्थिति र जनचाहना अनुसार कांग्रेसको आगामी दिशा तय गर्न बन्दसत्रमा बृहद् छलफल हुने बताइन्। बन्दसत्रको अध्यक्षता पार्टीका ज्येष्ठ सदस्यले गर्ने तय भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
