निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारहरूलाई नाम फिर्ता लिन चाहे निवेदन दिन आह्वान गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारहरूलाई नाम फिर्ता लिन आह्वान गरेको छ।
समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले आइतबार सूचना जारी गर्दै राजनीतिक दलहरूले गत पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा रहेका कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा निवेदन दिन सक्ने जनाएको हो।
सूचनाअनुसार नाम फिर्ता लिन चाहने उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ।
सम्बन्धित उम्मेदवार कुनै कारणवश उपस्थित हुन नसकेमा वारिसमार्फत समेत निवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिए।
आयोगले नाम फिर्ता लिनका लागि सोमबार (भोलि) समय तोकेको छ। इच्छुक उम्मेदवारले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बहादुर भवन, काठमाडौँस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा पुगेर निवेदन दर्ता गराउनुपर्ने आयोगले जनाएको छ।
सुरक्षाको भरपर्दो वातावरण छ: प्रवक्ता भट्टराई
यसैबीच, आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने स्पष्ट पारेको छ।
निर्वाचनमा सुरक्षाकै कारण दल र उम्मेदवारलाई जनतासँग मत माग्न र मतदातालाई मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
एकीकृत सुरक्षा योजनाअनुसार चारै सुरक्षा निकायले समन्वयात्मक रूपमा काम गरिरहेको र सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराइरहेको उनले उल्लेख गरे।
“राजनीतिक दल वा उम्मेदवारहरूले मतदातासम्म आफ्ना विचार लैजान निर्भयतापूर्वक लाग्न सक्ने स्थिति छ,” प्रवक्ता भट्टराईले भने, “सुरक्षा निकाय चनाखो भएर काम गरिरहेका छन्, सुरक्षाकै कारण मतदातासमक्ष जान नसक्ने अवस्था छैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
