तराईका अधिकांश स्थानमा हुस्सुको प्रभाव

दिउँसो पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। तराईमा हुस्सु तथा कुहिरो कायम नै रहनेछ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम छ। तराईका अधिकांश स्थान हुस्सुले ढाकिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

दिउँसो पहाडी तथा हिमाली भूभागमा साधारण बदली रही बाँकी स्थानमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो कायम नै रहनेछ। 

कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।  

त्यसैगरी, राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। तराईका केही स्थानमा हुस्सु रहनेछ।