बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन

खालिदा पछिल्लो केही महिनायता अस्वस्थ थिइन्। ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो।

बांग्लादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधन भएको छ। उनको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो। 

बांग्लादेश नेसनलिस्ट पार्टीकी अध्यक्षसमेत रहेकी खालिदाको मंगलबार बिहान ६ बजे निधन भएको उक्त पार्टीले जनाएको छ।

खालिदा पछिल्लो केही महिनायता अस्वस्थ थिइन्। ढाकाको इभरकेयर अस्पतालमा उनको उपचार भइरहेको थियो। पाँच दिनअघि मात्र उनका छोरा तारिक रहमान लन्डनबाट ढाका फर्किएका थिए। 

खालिदाले श्रीमान्‌को मृत्युपछि पार्टीको नेतृत्व सम्हालेकी थिइन्। उनी चार दशकभन्दा लामो समयदेखि बांग्लादेशको राजनीतिमा सक्रिय थिइन्।