तराईका अधिकांश स्थानमा हुस्सु

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

दिउँसो तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

राति पनि तराईका अधिकांश स्थानमा हुस्सु रहनेछ। बागमती र गण्डकीका पहाडी तथा हिमाली भू‍भागमा आंशिक बदली रहने विभागले जनाएको छ।