निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समय सोमबार राति १२ बजेसम्मका लागि विस्तार गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा सोमबार राति १२ बजेसम्मका लागि विस्तार गरेको छ।
दिउँसो उम्मेदवार छनोटमा व्यस्त रहेका कारण ढिलो गरी आयोग पुगेका राजनीतिक दलहरूको सहजताका लागि आयोगले यस्तो निर्णय गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार अन्तिम दिन भएको र राति १२ बजेसम्मको समय तोकिए पनि अब थप म्याद नहुने स्पष्ट पारेका छन्।
राजनीतिक दलहरूले पेश गरेका समानुपातिकतर्फको बन्दसूचीमाथि आयोगले पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने कार्यतालिका रहेको छ। छानबिनपछि पुस २१ गतेदेखि २७ गतेसम्म दलहरूलाई सूचीमा देखिएका त्रुटि सच्याउन वा मिलाउन समय दिइनेछ।
दलहरूले मिलाएको बन्दसूची कानूनसम्मत भए/नभएको पुस २८ देखि माघ ३ गतेसम्म पुनः हेरिने र माघ ४ गते सूची प्रकाशन गरिने प्रवक्ता भट्टराईले जानकारी दिए। सम्पूर्ण प्रक्रिया पूरा गरेपछि माघ २० गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
यसपटक समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन १०० वटा राजनीतिक दलले ९३ वटा निर्वाचन चिह्नमार्फत प्रतिस्पर्धा गर्न दल दर्ता गराएका छन्। दल दर्ता गराएका राजनीतिक दलले मात्र न्यूनतम ११ देखि अधिकतम ११० जनासम्मको बन्दसूची बुझाउन पाउने व्यवस्था रहेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्, जसले समानुपातिक र प्रत्यक्षतर्फका दुई वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
