एसेज सिरिज: पहिलो दिन अस्ट्रेलिया र इंग्ल्यान्ड नै अलआउट

मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा पहिलो दिन नै २० विकेट पतन भएको हो।

एसेज सिरिज: पहिलो दिन अस्ट्रेलिया र इंग्ल्यान्ड नै अलआउट
एएफपी

काठमाडौँ– एसेज सिरिजअन्तर्गत बक्सिङ डे टेस्टको पहिलो दिन अस्ट्रेलिया र इंग्ल्यान्ड नै अलआउट भएका छन्। मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा एकैदिन २० विकेट पतन भएको हो। 

टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४५.२ ओभरमा १५२ रन बनाएको थियो। अस्ट्रेलियाका माइकल नेसेरले ३५, उसमान ख्वाजाले २९ रन तथा एलेक्स केरीले २० रन बनाए। 

इंग्ल्यान्डका जोश टंगले ५ विकेट लिए। गस अटकिनसनले २ तथा ब्राइडन कार्स र बेन स्टोक्सले समान १–१ विकेट लिए। 

जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्ड ११० रनमै अलआउट भयो। इंग्ल्यान्डका ह्यारी ब्रुकले ४१ रन जोडे। अस्ट्रेलियाका माइकल नेसरले ४ तथा स्कट बोल्यान्डले ३ विकेट विकेट लिए। 

पहिलो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले समग्रमा ४६ रनको अग्रता लिएको छ।