नेपाली महिला क्रिकेट टोली पहिलो पटक विश्वकप एशिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो। नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे रहेका छन्।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले नेपालमा आयोजना हुने आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोटको खेल तालिका सार्वजनिक गरेको छ। उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ।
क्यानले मंगलबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह ‘बी’ मा परेको छ। नेपाली महिला क्रिकेट टोली पहिलो पटक विश्वकप एशिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो। नेपालको समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, नेदरल्यान्ड्स र जिम्बाबे रहेका छन्।
आगामी पुसन ३० देखि माघ १८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘ए’ मा बांग्लादेश, नामिबिया, अमेरिका तथा पपुवा न्यूगिनी छन्। प्रतियोगिताको खेल मूलपानी क्रिकेट मैदान र त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ।
नेपालले आफ्नो पहिलो खेल माघ ४ गते थाइल्यान्डसँग खेल्नेछ। उक्त खेल माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा सहभागी दुवै समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा छनोट हुनेछन्।
सुपर सिक्सबाट शीर्ष चार टोली सन् २०२६ मा हुने महिला टी२० विश्वकपमा छनोट हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
