चीनसँग १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र ४६ करोड ६८ लाख बराबरको मात्र निर्यात हुँदा नेपालले १ खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा बेहोरेको छ।
काठमाडौँ– चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म मुलुकले ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख रुपैयाँको वैदेशिक व्यापार गर्दा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ घाटा बेहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको पाँच महिनाको वैदेशिक व्यापारको स्थिति प्रतिवेदनअनुसार यो अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाखको आयात र १ खर्ब १६ अर्ब ५० करोडको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १५.८३ र निर्यात ५८.१७ प्रतिशतले बढेको विभागले जनाएको छ।
भारतसँग मात्र पाँच महिनामा ३ खर्ब ३९ अर्ब दुई करोडभन्दा बढी व्यापार घाटा देखिएको छ। यो अवधिमा भारतबाट ४ खर्ब ३४ अर्ब छ करोड ४२ लाखको वस्तु आयात हुँदा ९५ अर्ब चार करोड २० लाख बराबरको मात्रै निर्यात भएको छ।
अर्को छिमेकी मुलुक चीनसँग १ खर्ब ६३ अर्ब ७३ करोड ४८ लाखको आयात र ४६ करोड ६८ लाख बराबरको मात्र निर्यात हुँदा नेपालले १ खर्ब ६३ अर्ब २६ करोड ८० लाखको घाटा बेहोरेको छ।
नेपालले व्यापार नाफा गरेका मुलुकहरूमा भने रोमानिया पहिलो स्थानमा देखिएको छ। पछिल्लो पाँच महिनामा रोमानियासँग नेपालको वैदेशिक व्यापार नाफा ६ करोड ३४ लाख ६९ हजार बराबर छ। त्यस्तै स्वीडेन, इराकलगायत मुलुकसँग नेपालको व्यापार नाफा छ।
यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ। विभागका अनुसार पछिल्लो पाँच महिनामा ४५ अर्ब ६० करोड ६२ लाख बराबरको डिजेल, २७ अर्ब ३३ करोड दुई लाख १४ लाख बराबरको पेट्रोल र २२ अर्ब ३९ करोड ४६ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ।
१९ अर्ब १३ करोड ६९ लाखको स्मार्टफोन, ४६ अर्ब ९७ करोडको कच्चा सोयाबिन तेल, २१ अर्ब ८४ करोड ६३ लाख बराबरको फलामजन्य वस्तु आयात भएको छ।
नेपालले बढी निर्यात गरेका वस्तुमा सोयाबिन तेल पहिलो स्थानमा देखिएको छ। यो अवधिमा ४६ अर्ब ५५ करोड ८६ लाख ६६ हजार बराबरको सोयाबिन तेल निर्यात भएको छ।
त्यस्तै पाँच अर्ब ५३ करोड ३२ लाख बराबरको ठूलो अलैँची, चार अर्ब १३ करोड ३४ लाख बराबरको कार्पेट र तीन अर्ब ७३ करोड बराबरको सूर्यमुखी तेल निर्यात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
