नेपाली कांग्रेसले सातै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ। चुनाव प्रचारप्रसारलाई प्रभावकारी बनाउन कांग्रेसले प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्न लागेको हो।
काठमाडौँ- नेपाली कांग्रेसले सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने भएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले संयोजकसहित सबै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो। संयोजकसहित सातवटै प्रदेशमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरिएको समितिका सदस्यसमेत रहेका कांग्रेस नेता आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।
बैठकमा समितिका सदस्यले सबै क्षेत्रमा उम्मेदवारी नदिएकाले समानुपातिकतर्फको मत घटन सक्ने उल्लेख गर्दै त्यसमा विशेष ध्यान दिएर निर्वाचन परिचालनको काम गर्नुपर्ने सुझाव दिएका थिए। बैठकमा २१ जना सदस्यले आफ्नो भनाइ राखेका थिए। चुनावी घोषणापत्र आएपछि त्यसको प्रचारको कामलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको नेता ढुंगानाले बताए।
"खासगरी सातवटै प्रदेशमा संयोजक तोक्नुपर्ने सुझाव छ। त्यसपछि परिचालनका लागि 'मेनेफेस्ट'को कुरा छ। त्यसपछि विभिन्न निर्वाचन क्षेत्रभित्र कसरी काम गर्ने भन्ने विषयमा छलफल भयो," उनले भने, "बैठकमा २१ जनाले आ-आफ्ना सुझाव दिनुभयो। त्यही सुझावका आधारमा काम गर्छौं।"
पार्टीको आन्तरिक निर्वाचन परिचालनको कामलाई प्रभावकारी बनाउन नेता गोपालमान श्रेष्ठ नेतृत्वमा कांग्रेसले ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ। सत्तारूढ गठबन्धनले यसअघि नै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई निर्वाचन परिचालन समितिको संयोजक तोकिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
