भाटभटेनी वेरहाउस बचाउने दाजु–बहिनी

‘अब हामीले केही न केही गर्नुपर्छ। आगो निभाउनुपर्छ र बचाउन सकिने सामान बाहिर निकाल्नुपर्छ,’ भनेर भाइकाजीले भनेपछि वेरहाउसका कर्मचारी पनि हौसिए र थप स्थानीय पनि सहयोगमा जुटे।

काठमाडौँ– बालुवाटारको खुर्सानीटारमा ‘एके रेस्टुरेन्ट एन्ड बार’ सञ्चालन गर्दै आएकी अमृता बिडारी कार्की र उनका दाइ भाइकाजी कार्कीलाई अहिले आसपासका स्थानीयले बधाई दिइरहेका छन्। यो बधाई उनीहरूको व्यक्तिगत वा व्यावसायिक सफलताका लागि नभई आफ्नो रेस्टुरेन्टनजिकै रहेको भाटभटेनीको वेरहाउसलाई आगोबाट बचाउन गरेको साहसका लागि हो।

अमृताका दाइ भाइकाजी केही दिनअघि मात्रै कामविशेषले काठमाडौँ आएर बहिनीसँगै खुर्सानीटारमा बसिरहेका थिए। भदौ २३ गते जेनजी आन्दोलनका क्रममा घाइतेहरूलाई रगत अभाव भएको खबर सुनेपछि अमृता र भाइकाजी चुप लागेर बस्न सकेनन्। भदौ २४ गते बिहान ११ बजेतिर निषेधाज्ञाको बाबजुद उनीहरू पैदलै राष्ट्रिय ट्रमा सेन्टर पुगे। त्यहाँ घाइतेहरूलाई भेट्ने र रक्तदान गर्ने प्रयास गरे, तर भिडभाडका कारण सफल भएनन्। घाइतेहरूलाई परैबाट नियालेर उनीहरू फर्किए।

ट्रमा सेन्टरबाट फर्कँदा आन्दोलनकारीहरू नक्साल हुँदै बालुवाटारतिर सोझिएको खबर सुनेपछि उनीहरू अलमलमा परे। भाइकाजीले भने, “हाम्रो नजिकैको भाटभटेनी वेरहाउसमा आन्दोलनकारी पसेको सुनेपछि चुप लागेर बस्न सकिएन। हामीले आगो निभाएर सामान बचाउन केही गर्नुपर्छ भन्ने निर्णय गर्याैं।”

अमृता, भाइकाजी, अमृताका छोरा र रेस्टुरेन्टमा कार्यरत एक कर्मचारी गरी ६ जनाको टोली हतारहतार वेरहाउस पुग्यो। त्यहाँ पुग्दा केही मानिस सामान लुटिरहेका थिए। केहीले आगो लगाउँदै थिए भने केही त्यहीँ रहेको रक्सी पिउँदै आतंक मच्चाइरहेका थिए। “शुरूमा डर लाग्यो, तर पनि हामीले केही गर्ने निर्णय गर्याैं,” अमृताले सम्झिइन्।

यो टोलीले वेरहाउसका कर्मचारीहरूलाई पनि हौसला दियो। ‘अब हामीले केही न केही गर्नुपर्छ। आगो निभाउनुपर्छ र बचाउन सकिने सामान बाहिर निकाल्नुपर्छ,’ भनेर भाइकाजीले भनेपछि वेरहाउसका कर्मचारीहरू पनि हौसिए र थप स्थानीयहरू पनि सहयोगमा जुटे।

शुरूमा टोलीले लुटपाट मच्चाइरहेकाहरूलाई वेरहाउसबाट बाहिर निकाल्न सफल भयो। त्यसपछि गेट लगाएर वेरहाउसभित्रका सामग्रीहरू बाहिर निकाल्न शुरू गरियो। त्यहाँ धेरैजसो इलेक्ट्रोनिक सामान थिए। उनीहरूले एक-एक गरेर सबै सामान बाहिर निकाले। पछि कर्मचारीहरूले गाडी बोलाएर लोड गर्न सहयोग गरेको भाइकाजी सम्झिन्छन्।

“शुरूमा त्यहाँ पुग्दा त्यस्तो दृश्य देखेर मन मानेन। हाम्रो टोलीले बाहिर निकालेको सामान पनि चोरी गर्न खोजियो। सुरक्षाकर्मीसँगै मैले लौरो लिएर उनीहरूलाई रोकेँ र चोरी भएका सामान फिर्ता गराएँ। त्यो कसैको मिहिनेत र पसिना थियो,” अमृता भन्छिन्।

null

वेरहाउसमा सवारीसाधन पनि थिए। आगो लगाउनेहरूले शुरूमा निकाल्न दिएनन्, तर अमृताले अनुनयविनय गरेर गाडी सुरक्षित गरिन्। “हामीले आन्दोलनकारीहरूसँग हात जोड्दै संवाद गर्यौं र सबै गाडी सुरक्षित राख्न सफल भयौँ,” उनले भनिन्। उनीहरूले वेरहाउसमा रहेका गाडीहरूलाई आन्दोलनकारीको बीचबाट जोगाएर बालुवाटारको बिग मार्ट परिसरमा लगेर राखेका थिए।

यसरी, त्यो दिन कम्तीमा आठ करोड मूल्य बराबरको सामग्री जोगियो। अमृताले भन्छिन्, “यदि सबै ठाउँमा स्थानीय एक जुट भएका भए, सार्वजनिक, सरकारी र निजी सम्पत्ति पनि जोगिन सक्थ्यो।”

अमृताको मनमा अझै डर छ। उनीहरूले त राम्रो काम गरेका थिए तर सामान जोगाउँदै गर्दा लुट मच्चाउनेहरूले 'तिमीहरूलाई पनि छोड्दैनौँ' भन्दै धम्की दिए। अमृताले भनिन्, “त्यो सम्झिँदा मन चिसो पनि हुन्छ। तर, फेरि सोच्छु हामीले त कसैलाई आपत् पर्दा सहयोग गरेको हो। त्यसमा हाम्रो केही स्वार्थ नै छैन।”

भिडियो:

त्यो जटिल घडीमा आदम्य शाहासका साथ नि-स्वार्थपूर्ण भावनाले ब्यबसायीक भवन आगोलागीबाट जोगाउन योगदान गर्नुभयो, सह्रानीय कर्म पूण्य कर्म गर्नु भइकोमा ती पात्रहरु प्रति स-धन्यबाद सहित बधाई छ ।

Gopiram Bal

11 months, 1 week ago

sulut you bro

Manahari Giri

11 months, 1 week ago