राखेपले क्यानलाई पत्र लेख्दै अख्तियारको अनुसन्धान नसकिँदासम्मका लागि एनपीएलसम्बन्धी कामहरू अगाडि नबढाउन निर्देशन दिएको छ।
काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)लाई तत्कालका लागि नेपाल प्रिमियर लिग (एनपीएल)सम्बन्धी कुनै कामअगाडि नबढाउन पत्र पठाएको छ। राखेपद्वारा गठित एनपीएलमा अनियमिततासम्बन्धी छानबिन कार्यदलले क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै आइतबार पठाएको पत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्न पनि भनिएको छ।
उकालोलाई प्राप्त पत्रमा अख्तियारमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्न, अख्तियारबाट छानबिन नसकिँदासम्म एनपीएलसम्बन्धी कुनै कार्य नगराउन भनिएको छ। पत्रमा क्यानसँग पाँच वटा प्रश्नको जवाफसहित आवश्यक कागजात पनि माग गरिएको छ।
“राखेपमा विधानबमोजिम स्थापित संस्थाले सेवा तथा वस्तु खरिदमा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को प्रतिकूल कार्य गरी एनपीएलको प्रसारणसम्बन्धी कार्य गर्न तपाईंलाई कुन ऐनले अधिकार दिएको हो?” पत्रमा भनिएको छ।
गत जेठ ११ गते युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको निर्देशनमा राखेप सदस्य रञ्जना प्रधानको नेतृत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले क्यानलाई यसअघि पनि दुई वटा पत्र पठाउँदै एनपीएलमा भएको अनियमितताबारे प्रश्न सोधेको थियो। तर क्यानले पठाएको जवाफ केबल झारा टार्ने मात्र रहेको भन्दै कार्यदलले अन्तिम पटक तथ्यपरक र वस्तुनिष्ठ जवाफ दिन भनेको छ।
“कार्यदलले माग गरेको वा उजुरीमा उल्लेखित विषयवस्तुका सम्बन्धमा छानबिन कार्यदल निष्कर्षमा पुग्नका निम्ति आवश्यक कागजात, सूचना र तथ्य प्रदान नगरी केबल झारा टार्ने उद्देश्यबाट अभिप्रेरित भई केबल सतही उत्तर प्रदान गरेको कारणबाट छानबिन कार्यदल निष्कर्षमा पुग्न नसक्ने अवस्था विद्यमान देखिएको कारणबाट अन्तिम पटक तथ्यपरक र वस्तुनिष्ठ जवाफ तथा कागजात पेश गर्नुहुन जानकारी गराइन्छ,” पत्रमा उल्लेख छ ।
मन्त्री चौधरीको निर्देशनमा गठन भएको यो दोस्रो कार्यदल हो। यसअघि राखेप सदस्यसचिव टंकलाल घिसिङको निर्देशनमा सदस्य अञ्जन धमलाको नेतृत्वमा चैत १३ गते पनि कार्यदल गठन भएको थियो।
एनपीएलको पहिलो सिजनमा आर्थिक अनियमितता, कानून उल्लंघन र अपारदर्शी काम भएको भन्दै २०८१ मंसिर ७ र २०८१ फागुन १२ गते अख्तियारमा उजुरी परेको थियो।
यो पनि :
नेपाल प्रिमियर लिग : अपारदर्शिताको बलिङ, भ्रष्टाचारको ब्याटिङ
एनपीएल अनियमितताको ‘हिसाब मिलाउन’ मन्त्री र राखेप सदस्यसचिवलाई विदेश भ्रमण
एनपीएलमा आएका ब्रायन लारादेखि कमेन्टेटरसम्मलाई कर छलेर विदेशमा भुक्तानी
एनपीएलको हिसाबकिताब पारदर्शी छ, ठाउँमा जवाफ दिन्छौँः पारस खड्का
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
