ललितपुर गोदावरी-११ स्थित चिभाः लाछीमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भएको छ।
काठमाडौँ– ललितपुरको गोदावरी नगरपालिका, चापागाँउ वडा नम्बर–११ स्थित चिभाः लाछीमा रहेको चैत्यबाट बुद्धको मूर्ति चोरी भएको छ।
चैत्यको चार दिशातर्फ फर्किएका बुद्धका मूर्तिमध्ये एउटा मूर्ति चैत्य फोरेर लगिएको वडा अध्यक्ष निम बहादुर देसारले उकालोलाई जानकारी दिए।
फोरिएको चैत्य दुई सय वर्ष पुरानो हुनसक्ने लिपीविद् लोकरत्न बज्राचार्यले बताए। चैत्यको बनावटअनुसार उक्त चैत्य शाहाकालीन समयतिर बनेको हुनसक्ने उनको अनुमान छ।
शिलालेखअनुसार चैत्य नेपाल संम्वत् ८२५ मा सुदर्शनबाबु भारोले निर्माण गरेका थिए।
घटना रातको समयमा भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट जानकारीमा आएको एसपी प्रवीन पोख्ररेलले बताए। विस्तृत जानकारी आउने क्रममा रहेको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
