जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन्।
काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताएका छन्।
बिहीबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उनले बताए। प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनले बताए।
उनले भने, “उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयमा छलफल भयो। माओवादी-प्रचण्डजी जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक हुनुहुन्छ।”
अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको उल्लेख गरे। दाहालले आगामी दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ।
उनले भने, “अहिले कांग्रेसलाई पनि समेटेर लानुपर्छ भन्ने आशय प्रचण्डको छ। जे गर्दा पनि कांग्रेसको पनि समझदारी चाहिन्छ भन्नुभयो।”
आज बेलुकी पुनः प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरू छलफलमा जुट्ने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
