अमेरिकी राष्ट्रपतिको आकस्मिक युक्रेन भ्रमणको एकदिन पछि चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला निर्देशक वाङ यी रुस पुगेका छन्।
चिनियाँ चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मालिला निर्देशक वाङ यी रुस भ्रमणका क्रममा मस्को पुगेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनको आकस्मिक युक्रेन भ्रमणपछि वाङ रुस पुगेका हुन्।
चीनको विदेश नीति सल्लाहकार नियुक्त भएपछि पहिलोपटक विदेश भ्रमणमा निस्किएका वाङको रुस भ्रमणलाई पश्चिमा मुलुकले चासोका साथ हेरेका छन्।
फ्रान्स, जर्मनी, हंगेरी, इटली र रुसको भ्रमण कार्यतालिका अनुसार वाङ भ्रमणको छैटौँ दिन रुस पुगेका हुन्। रुस भ्रमणका रहेका वाङले रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई भेट्नसक्ने क्रेमलिनले जनाएको छ।
एकसाता लामो विदेश भ्रमणको पहिलो दिन फ्रान्स पुगेका वाङले पेरिसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई भेटेका थिए। भेटमा उनीहरूले युक्रेनमा रुसी आक्रमणबारे कुराकानी गरेको बताएका छन्।
यस्तै, वाङले रुस युक्रेन युद्धमा चीन निष्पक्ष रहेको कुरामा जोड दिएको र शान्ति र अन्तर्राष्ट्रिय कानूनको संरक्षणका लागि दुवै पक्ष प्रतिबद्ध रहेको बताएका थिए। साथै, वाङले फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनासँग पनि भेटेका थिए।
अमेरिकी आकाशमा उडेका चिनियाँ ‘जासुस’ बेलुन क्षेप्यास्त्र हानेर खसालिदिएको तनावपूर्ण समयमा चिनियाँ कूटनीतिज्ञ युरोप र रुसको भ्रमणमा निस्किएका हुन्। चीनले भने ती बेलुन जासुसीका लागि नभई मौसमी अनुसन्धानका लागि पठाइएको दाबी गरेको छ। बरू बदलामा अमेरिकाले पनि चीनमा यस्ता जासुसी बेलुन पठाएको वाङको दाबी थियो।
युरोप भ्रमणका क्रममा बेइजिङको मस्कोसँगको निकट सम्बन्धलाई सन्तुलित ढंगले प्रस्तुत गरेको र युरोपमा चीनको छविलाई कायम गर्ने विषयमा वाङले विशेष जोड दिएको अन्तर्राष्ट्रिय मिडियाको विश्लेषण छ। यता, रुस भ्रमणमा वाङले के-कस्ता विषयलाई प्राथमिकता दिन्छन् भन्ने कुरामा अन्तर्राष्ट्रिय समुदायको चासो छ। -एजेन्सी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
