मोदीबारे डकुमेन्ट्री प्रसारण गरेपछि भारतीय आयकर विभागले बीबीसीका कार्यालयमा छापा मारेको छ।
भारतको दिल्ली लगायतका शहरमा रहेका बीबीसी कार्यालयहरूमा भारतीय आयकर विभागले छापा मारेको छ।
आयकर विभागका कर्मचारीले बीबीसीका सबै कम्प्युटर कब्जामा लिएको तथा कम्प्युटर तथा सिस्टमका पासवर्ड समेत मागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यस्तै, विभागले कर्मचारीहरूलाई बाहिर जान नदिएको तथा उनीहरूका मोबाइल समेत जफत गरेको छ।
विभागले बीबीसीका कार्यालयमा छापा मारेको बारे लन्डनस्थित बीबीसी मुख्यालयलाई समेत जानकारी दिएको आजतकले उल्लेख गरेको छ।
अन्तर्राष्ट्रिय कर छली तथा अनियमिततामा मुछिएको आरोपमा बीबीसीमाथि छानबिन र अनुसन्धान भइरहेको एनडीटीभीले उल्लेख गरेको छ।
यता, आयकर विभागले बीबीसीमाथि छापा नमारिएको बताउँदै आफूहरू सर्वेका लागि मात्रै बीबीसी कार्यालय गएको बताएका छ। विभागले विशेष गरी कार्यालयको आर्थिक विभागका ब्यालेन्स सिट र अकाउन्टको सर्वे गरिएको बताइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे बीबीसीबाट प्रसारित डकुमेन्ट्री ‘इन्डिया : द मोदी क्वेश्चन’को विषयमा विवाद चर्किएको केही सातापछि आयकर विभागले बीबीसीका कार्यालयमा छापा मारेको हो।
सन् २००२ मा गुजरातमा भएको हिन्दु–मुस्लिम दंगाका बेला त्यहाँका मुख्यमन्त्री रहेका नरेन्द्र मोदीको भूमिकाप्रति डकुमेन्ट्रीले प्रश्न उठाएको छ। डकुमेन्ट्रीमा मोदीलाई नकारात्मक रूपमा चित्रण गरेको दाबी मोदी समर्थकहरूको छ। यसको आलोचना गर्दै भारतभर सो डकुमेन्ट्री प्रसारणमा रोक समेत लगाइएको थियो। केही स्थानमा भने उक्त डकुमेन्ट्री प्रसारणका विषयमा विवादसमेत भएको थियो।
डकुमेन्ट्रीमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएकाले बीबीसीमाथि यसप्रकारको कारबाही गरिएको विपक्षी पार्टी कंग्रेसको आरोप छ। डकुमेन्ट्री प्रसारण भएपछि भारतमा बीबीसीमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउने विषय उठेको भएपनि भारतीय सर्वोच्च अदालतले त्यसलाई गलत धारणा भन्दै अस्वीकार गरिदिएको थियो।
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
