Friday, April 26, 2024

-->

आसाराम बापुलाई बलात्कार मुद्दामा फेरि आजीवन जेल सजाय

गुजरातस्थित गान्धीनगर सेसन अदालतले ८१ वर्षीया आसारामलाई जन्मकैदको फैसला गरेको छ।

आसाराम बापुलाई बलात्कार मुद्दामा फेरि आजीवन जेल सजाय

भारतका कथित धर्मगुरु आसाराम बापुलाई बलात्कारी ठहर गर्दै गुजरातको एक अदालतले आजीवन जेल सजायको फैसला सुनाएको छ। गुजरातस्थित गान्धीनगर सेसन अदालतले ८१ वर्षीया आसारामलाई जन्मकैदको फैसला गरेको हो।

सन् २००१ देखि २००६ को अवधिमा आसारामले आफूमाथि कैयौँपटक बलात्कारको आरोप लगाउँदै सुरतकी एक महिलाले उनीविरुद्ध मुद्दा दायर गरेकी थिइन्।

त्यतिबेला ती महिला आसाराम बापुले सञ्चालन गर्दै आएको आश्रममै बस्दै आएकी थिइन्। प्रहरीले हिरासतमा लिए पनि प्रमाणको अभावमा आसारामलाई रिहा गरियो।

तर, त्यसपछि सन् २०१८ मा पनि आसाराम बापुविरुद्ध जोधपुर अदालतमा बलात्कारको अर्को मुद्दा दायर भयो। उत्तर प्रदेशकी एक नाबालिगलाई बलात्कार गरेको अभियोग थियो। उक्त अभियोगमा दोषी ठहर गर्दै अदालतले आसारामलाई जन्मकैदको सजायको फैसला गरेको थियो। 

एउटा बलात्कार मुद्दामा आजीवन सजाय काटिरहेका आसारामलाई अर्को बलात्कार मुद्दामा पनि दोषी ठहराउँदै फेरि जन्मकैदको सजायको फैसला भएको हो।


सम्बन्धित सामग्री