मेलम्ची खानेपानीको पाइप फुट्दा सास्ती

मेलम्चीको खानेपानी पठाएको पाइप फुट्दा खानी तथा भूगर्भ विभागको कार्यालयबाहिर मुख्य सडक भत्किएको छ।

तस्वीरहरू : अमित मचामसी

काठमाडौँ– काठमाडौँ उपत्यकामा मेलम्चीको खानेपानी वितरण शुरू भएसँगै सडकमुनि बिच्छ्याइएका पाइप फुटेर सडक जलमग्न हुन थालेका छन्। शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी वितरण शुभारम्भ गरेका थिए।

सोमबार मेलम्चीको खानेपानी पठाएको पाइप फुट्दा लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालयबाहिर मुख्य सडक भत्किएको छ। जसका कारण सवारी आवागमनमा समस्या परेको छ। साथै पानी जमेर सडकमा ताल पर्दा सर्वसाधारणलाई ओहोरदोहोर गर्न पनि समस्या भएको छ। हेर्नुहोस् तस्वीरहरू :