चीनले चरम गर्मीको सामना गरिरहेको छ। गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ।
चीनको दक्षिणपश्चिम गुइझोउ प्रान्तमा आएको बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
बाढी प्रभावित करिब ८० हजार ९०० जनालाई मंगलबार दिउँसोसम्म सुरक्षित स्थानमा सारिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
चीनले चरम गर्मीको सामना गरिरहेको छ। गर्मीको लहरले देशको फराकिलो भागलाई तताइरहेको छ भने आँधीसहितको वर्षाले अन्य क्षेत्रलाई बगाएको छ।
रोङजियाङ काउन्टीमा एउटा फुटबल मैदान ‘तीन मिटर पानीमुनि डुबेको’ जनाइएको छ। एक ट्रक चालकलाई भत्किएको पुलको छेउमा झुन्डिएको अवस्थामा उद्धार गरिएको छ। दर्जनौँ गाउँ डुबानमा परेका छन्।
बाढीले छिमेकी गुआङ्सी क्षेत्रमा पनि असर पारेको छ। भारी वर्षाका कारण मध्य चिनियाँ प्रान्त हुनानमा गत हप्ता दशौँ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।
टाइफुन वुटिपका कारण आएको भारी बाढीपछि केही दिनअघि नै दक्षिणी चीनमा करिब ७० हजार मानिस विस्थापित भएका थिए। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
