नेपालको जितमा आरिफ शेखले सर्वाधिक ७८ रनको योगदान दिए। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।
काठमाडौँ– आईसीसी विश्वकप लिग२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ।
स्कटल्यान्डको डन्डीमा बुधबार राति सम्पन्न खेलमा नेपाल ५ विकेटले विजयी भएको हो। २२६ रनको विजयी लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
नेपालको जितमा आरिफ शेखले सर्वाधिक ७८ रनको योगदान दिए। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरेका थिए। उनी खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए।
दीपेन्द्रसिंह ऐरीले अविजित ३८ रन बनाए। कुशल भुर्तेलले २५, रोहित पौडेलले २३, आसिफ शेखले १९ तथा भीम सार्कीले ११ रन बनाए।

नेदरल्यान्ड्सका माइकल लेभिटले २ तथा भिभियन किंग्मा र पल भान मेकरेनले समान १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४९.१ ओभरमा २२५ रनमा अलआउट भयो। नेदरल्यान्ड्सका नोहा कोर्सले सर्वाधिक ४८ रन बनाए।
नेपालका सोमपाल कामीले ३ तथा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए।
जितसँगै नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौँ स्थानमा छ। पराजित नेदरल्यान्डस २१ खेलमा २६ अंकसहित अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत् छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
