नेपालको जितमा करण केसी नायक बनेका छन्। उनले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे।
काठमाडौँ– करण केसीको उत्कृष्ट ब्याटिङमा नेपालले आईसीसी विश्वकप लिग२ अन्तर्गतको चौथो राउन्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई पराजित गरेको छ।
स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा सोमबार राति सम्पन्न खेलमा नेपाल १ विकेटले विजयी भएको हो। घरेलु टोलीले दिएको २९७ रनको लक्ष्य नेपालले ४९.५ ९ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको जितमा करण केसी नायक बनेका छन्। उनले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा अविजित ६५ रन जोडे। ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकाको सहयोगमा ५३ रन जोड्दै अर्धशतक बनाए।
कुशलले अर्का ओपनर आसिफ शेखसँग मिलेर पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए। आसिफ ३३ बलमा दुई चौकाको सहयोगमा २० रनमा आउट भए।
त्यस्तै गुलशन झा ३० बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाएर आउट भए। भीम सार्कीले ४८ बलमा तीन चौकाको सहयोगमा ४० बनाउँदा कप्तान रोहितकुमार पौडेल ५६ बलमा ३७ रनमा आउट भए।
स्कटल्यान्डका लागि ब्रेन्डन मक्कमलानले ३, माइकल लिस्क र ज्याक जार्भिसले समान २ र जसपर डेभिडसनले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाएको थियो।
स्कटल्यान्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे। फेन्ली म्याक्रिथ ५५ तथा कप्तान रिची बेरिङ्टन ४० रनमा आउट भए।
नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २ र सन्दीप लामिछानेले १ विकेट लिए। नेपालले अब नेदरल्यान्डससँग जेठ २१ गते खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
