सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन्।
अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले जानकारी दिए।
सर्वोच्च अदालत फैसला कार्यवान्वयन इकाइको पत्रअनुसार प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार पठाइएको थापाले बताए। “प्रहरीले सपोर्ट गरेको मात्रै हो फैसला कार्यान्वयनका लागि,” उनले भने।
नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो। कार्यक्रममा सहभागी हुन पुगेका उनलाई प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरी २०८० जेठ १५ गते गणतन्त्र दिवसका दिन राष्ट्रपतिबाट माफीमिनाहा पाएपछि जेलबाट छुटेका थिए।
कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टीकापुर घटनामा चौधरीलाई जन्मकैदको फैसला गरेको थियो। जेठ २ गते सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने तल्लो अदालतकै फैसला सदर गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
