एनपीएलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको छ। जनकपुर उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने छ।
काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ। बिहीबारको दोस्रो क्वालिफायर खेलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको हो।यसअघि बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।
जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश गरेको थियो। अब उपाधिका लागि यी दुवै टिमबीच प्रतिस्पर्धा हुने छ। फाइनल खेल शनिबार हुने छ।
बिहीबारको खेलमा जितका लागि कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो।
जनकपुरका लागि जेम्स नशीमले सर्वाधिक ४५ रन लिए। उनले १७ बलमा २ चौका र ५ छक्का प्रहार गरे। हर्स ठाकेर १७ बनाउने क्रममा २६ बलमा २ चौका प्रहार गरे। शेय मल्लले नटआउट १६ रन बनाउँदा आकाश त्रिपाठीले १३ रन बनाए।
बलिङतर्फ कर्णालीका लागि विपिन शर्माले सर्वाधिक ३ विकेट लिए। सोमपाल कामी, विलियम बोसिस्टो र जिशान मक्सूदले समान १/१ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाए ११८ रन बनायो। कर्णालीका लागि गुलशन झाले सर्वाधिक २५ रन जोडे। उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरेर।
त्यस्तै, ओपनर देव खनालले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन जोडे। विलियम बोसिस्टो १४, जिशान मक्सुद र उनिस ठकुरी समान १२/१२ रन जोडे। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ जनकपुरका लागि जेम्स निशम, मोहम्मद मोहसिन र ललितनारायण राजवंशीले समान २/२ तथा हर्ष ठाकर र शेर मल्लले समान १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
