काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बढेको छ। छापावाल सुन बिहीबारभन्दा तोलामा २ हजार रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार ५०० रहेको सुन शुक्रबार १ लाख ६६ हजार ५०० पुगेको छ। सुन बिहीबार एकै दिन तोलामा ४ हजार रुपैयाँले घटेको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएर १ हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।