सुनसरीमा बाढीबाट ५०० भन्दा बढी परिवार प्रभावित

हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्।

इनरुवा– बाढीबाट सुनसरीमा ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्।  कोशी गाउँपालिका–४ मा ४०० भन्दा बढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए। 

इनरुवा नगरपालिका– १, ४, ३, ८ वडाका केही घरमा बाढी पसेको इनरुवा–१ का वडा सदस्य प्रदीप ढकालले जानकारी दिए। 

हरिनगर, देवानगञ्ज, भोक्राहा, दुहबी, बर्जु गाउँपालिका तथा इटहरी उपमहानगरपालिका केही घर डुबानमा परेका छन्। जिल्लाका ५०० भन्दा बढी परिवार बाढीबाट प्रभावित भएको उनले बताए।