सप्तकोशीमा जलसतह खतरा तहभन्दा ११.२६ मिटरभन्दा माथि पुगिसकेको छ। बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
इनरुवा– सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ। आइतबार बिहान ३ बजेको मापनअनुसार सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार ५४० क्युसेक रहेको कोशी बराज कन्ट्रोल रुमले जनाएको छ।
यसअघि कोशी बराज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ मा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार २०० क्युसेक मापन गरिएको थियो। शनिबार बेलुका १०ः२५ बजे ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो।
कोशी बराज कन्ट्रोल रुमका अनुसार जलसतह खतरा तहभन्दा ११.२६ मिटरभन्दा माथि पुगिसकेको छ। बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। पानीको बहाव बढ्दै गएपछि कोशी बराजका सबै ५६ ढोका खोलिएका छन्।
उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ। लगातार पानीको बहाव बढ्दै गएपछि कोशी बराज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्म आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
