उपत्यकाका अस्पतालदेखि प्रहरी कार्यालयसम्म डुबानमा [तस्वीरहरू]

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन्।

काठमाडौँ– वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी आसपासका क्षेत्र डुबानमा परेका छन्। काठमाडौँ, भक्तपुर र ललितपुरका नदी करिडोरको क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ।

बागमती नदीमा आएको बाढीले प्रहरी वृत्त कालीमाटी डुबानमा परेको छ। मेडिसिटी अस्पतालमै खोला पसेको छ। च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय पनि जलमग्न भएको छ।  

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन्। ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ।