ग्रिनल्यान्डको तटमा २० हजार लिटर डिजेल लिएर गइरहेको एउटा जहाज दुर्घटना भएर डुबेको छ।
बिहीबार स्थानीय समयअनुसार करिब १ः४५ बजे नानोर्तालिक नजिकको चट्टानमा ठोक्किएर पानीमा डुबेको ग्रीनल्यान्ड प्रहरीले जनाएको छ।
एएफपीका अनुसार जहाजमा रहेका सबै व्यक्तिको उद्धार गरिएको छ। यद्यपि तिनीहरूको संख्या र राष्ट्रियताबारे कुनै विवरण प्रदान गरिएको छैन।
३० मिटर लामो जहाजको ट्यांकमा एक हजार लिटर इन्जिन तेलबाहेक करिब १५ हजारदेखि २० हजार लिटर डिजेल रहेको अधिकारीहरूले विश्वास गरेका छन्। जहाजको नाम र प्रकार पनि खुलाइएको छैन।