भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ।
भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का वरिष्ठ नेता तथा महासचिव सीताराम यचुरीको बिहीबार निधन भएको छ। लामो समयदेखि बिरामी ७२ वर्षीय नेता यचुरीको दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको पार्टीले औपचारिक जानकारी गराएको हो।
“हाम्रा प्रिय कमरेड, सीपीआई (एम)का महासचिवको आज एम्समा निधन भएको छ, लाल सलाम कमरेड सीताराम यचुरी,” उनको पार्टीले सामाजिक सञ्जाल एक्समा लेखेको छ।
फोक्सोमा संक्रमण देखिएपछि उनलाई गत अगस्ट १९ मा एम्स अस्पतालमा भर्ना गरिएको थियो। श्वाससप्रस्वासमा गम्भीर समस्या उत्पन्न भएपछि आईसीयूमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। केही समय पहिले यचुरीको मोतियाबिन्दुको शल्यक्रिया पनि गरिएको थियो।
यचुरी पार्टीको संसदीय समूहका नेता पनि हुन्। उनको जन्म सन् १९५२ अगस्ट १२ मा चेन्नईमा तेलुगुभाषी ब्राह्मण परिवारमा भएको थियो।
येचुरी सन् २००५ मा पश्चिम बंगालबाट भारतको माथिल्लो सदन राज्यसभामा निर्वाचित भएका थिए। २०१७ अगस्ट १८ सम्म राज्यसभाका सदस्य रहेका उनले २०१६ मा राज्यसभामा उत्कृष्ट सांसदको पुरस्कार पनि पाए।
भारतमा संकटकाल (१९७५-७७) का दौरान जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा विद्यार्थी राजनीतिमा रहेका बेला उनलाई पक्राउ गरिएको थियो। त्यसपछि उनी लगातार तीन पटक जेएनयू विद्यार्थी संघको अध्यक्ष निर्वाचित भए। सन् १९८४ मा सीपीआई (एम) को केन्द्रीय समितिमा सामेल भएका उनी २०१५ मा पार्टीको महासचिवमा निर्वाचित भएका थिए।
उनी वामपन्थी विचारधाराका लागि सधैँ आवाज उठाउँदै आएका प्रखर नेताका रूपमा चिनिन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
