राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भर्खरै शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भर्खरै शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले ४५औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रधानमन्त्री ओलीबाट केहीबेरमै मन्त्रिपरिषद्को विस्तार भएपछि नवनियुक्त मन्त्रीहरूको पनि पद तथा गोपनीयताको शपथ हुने कार्यक्रम रहेको छ। राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा ७६(२) बमोजिम नेपाली कांग्रेस र नेकपा (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए।
प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। राष्ट्रपति पौडेलले शुक्रबार प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मका लागि समय दिएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
