Sunday, June 02, 2024

-->

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम २ रनले पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो।

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई सुदूरपश्चिम २ रनले पराजित  

काठमाडौँ– चौथो ललितपुर मेयर्स कप महिला टी२० च्याम्पियनसिपको उपाधि एपीएफले जितेको छ। 

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। 

अन्तिम २ ओभरमा २७ रन चाहिएको अवस्थामा कविता जोशीले राजमती ऐरीको १९औँ ओभरमा २१ रन बनाएपछि सुदूरपश्चिम जिततर्फ लम्किएको थियो।

अन्तिम ओभरमा ६ रनको आवश्यकता थियो। तर सुदूरपश्चिमले ३ रन मात्रै बनाउन सकेपछि नतिजा एपीएफको पक्षमा गएको थियो। कविता ४५ बलमा ७ चौका र ३ छक्का सहित ६७ रनमा अविजित रहिन्। लक्ष्मी साउदले ३५ बलमा २९ रन जोडिन्। 

एपीएफका करुणा भण्डारीले २ तथा सुमन विष्टले १ विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५५ रन बताएको थियो। सिता राना मगरले ५५ बलमा ८ चौका सहित सर्वाधिक ७४ रन जोडिन्। राजमती ऐरीले ४६ बलमा ७ चौका प्रहार गर्दै ५० रन बनाइन्।

सुदूरपश्चिमका लागि ऋतु कनोउजिया, विन्दु रावल र राधिका पुजाराले समान १-१ विकेट लिए।


सम्बन्धित सामग्री